रुकुमको बाँफीकोटमा पहिरोले दुई जनाको मृत्यु

रूकुम पश्चिम ः रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका-७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँ नजिकै पोखरपारी भीरमा घाँस काट्न गएका उनीहरूको पहिरोले च्यापिएर आइतबार अपराह्न ४ बजेतिर मृत्यु भएको हो । उनीहरूसँगै रहेकी ४२ वर्षीया बल कुमारी खत्री भने घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।





error: Content is protected !!