सल्यानमा ट्याक्टर दुर्घटना ः ३ जना घाइते

सल्यान — सल्यानमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बाग्चौर नगरपालिका–२ थारमारे बजारबाट सिमेन्ट बोकेर ठिनबाङ्गज्युला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बाग्चौर नगरपालिका–१ गैराबेद बस्ने चालक वर्ष २४ को युवराज रोकाय, बाग्चौर नगरपालिका(१ बस्ने वर्ष ४५ को कालीबहादुर रोकाय, बाग्चौर नगरपालिका–१० पिपलनेटा बस्ने वर्ष ५० का लालबहादुर सवक रहेका छन् ।

गम्भीर घाइते भएका सबैलाई स्थानीय जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि कालीबहादुर बस्नेत र लालबहादुर विकलाई जिल्ला अस्पताल सल्यान ल्याईएको र चालक युवराज रोकायलाई नेपालगन्ज लगिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए ।





error: Content is protected !!