वीरेन्द्रनगरको एक होटलबाट लागुऔषध कारोबारी पक्राउ

सुर्खेत ः कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एक होटलबाट लागुऔषध कारोबारी पक्राउ परेका छन् । वीरेन्द्रनगरमा रहेको आचार्य चिया–नास्ता पसलबाट एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार प्रहरीले लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलि बस्ने २५ वर्षीय देबु भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उक्त होटेलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । चेकजाँचका क्रममा भण्डारीको साथमा लागुऔषध भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



