जाजरकोटमा माछा मार्ने क्रममा पानीमा डुबेर दुई जनाको मृत्यु

सुर्खेत — जाजरकोटमा माछा मार्ने क्रममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका .९ का ४२ वर्षका धनबहादुर बुढा र छेडागाड नगरपालिका.१ का ४० वर्षका नरबहादुर सार्की रहेका छन् ।

छेडागाड नगरपालिका.१ र ११ को सिमाना छेडाखोलाको रिठेदहमा जाल हान्ने क्रममा पानीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाले बताए ।





error: Content is protected !!