जुम्लामा लागूऔषधसहित ३ जना पक्राउ

जुम्ला — जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका(२ घर भइ हाल चन्दननाथ नगरपालिका .४ भारतीवाडामा कोठा भाडामा बस्ने अन्दाजी २६ वर्षीय प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका .२ बस्ने अन्दाजी २३ वर्षीय खुमबहादुर रावत हुन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।
शंकास्पद लाग्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डीएसपी प्रह्लाद कार्कीले बताए । सोधपुछको क्रममा उनीहरुले उक्त लागूऔषध जुम्लाको चन्दननाथ नगपरपालिका( ५ बस्ने अन्दाजी २२ वर्षीय मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।



