बजेटमाथिको छलफल सुरु

सुर्खेत ः कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेट तथा कार्यक्रममार्थि छलफल सुरु भएको छ । शुक्रबार सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रदेश सभामा पेश गरेको बजेट तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको हो ।



