यार्सा टिप्न गएका एक जाजरकोटीको मृत्यु

डोल्पा ः डोल्पामा यार्सा टिप्न गएका जाजरकोटका एक पुरुषको मृत्यु भएको छ। जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेनाका अन्दाजी ३९ वर्षीय जंगबहादुर भुलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनी गत वैशाख २२ गतेदेखि यार्सा टिप्न डोल्पोबुद्ध गाउँपालिका– ३ तास्कीको थाङबुचे पाटनमा थिए।

शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याइएको थियो। स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भइरहेकै अवस्थामा उनको आज शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!