८२ प्रतिशत कर्णालीबासी खाना पकाउन काठ–दाउरामै निर्भर ?

सुर्खेत ः मानव विकास सूचकाङ्कमा पछि रहेको कर्णाली प्रदेशका अधिकांश नागरिकले काठ दाउराकै सहायतामा खाना पकाउने गरेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेशको तथ्याङ्क अनुसार ८२।२ प्रतिशत घर परिवार खाना पकाउनका लागि काठ दाउरामै निर्भर रहेका छन् ।

जनगणना ०७८ अनुसार कर्णालीमा ३ लाख ६६ हजार २५५ परिवार संख्या रहेको छ । अहिलेसम्म सबैजसो गाउँ ठाउँमा ग्याँस, बिजुली नपुगेका कारण अधिकांश कर्णालीबासी परम्परागत रुपमा प्रयोग गर्दै आएका काठ दाउरामै निर्भर रहेका हुन् ।

ऋन्
तथ्याङ्कअनुुसार १६।९ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी ग्यासको प्रयोग गर्ने गरिरहेका छन् भने ०।४ प्रतिशत परिवारले बायोग्यासको माध्यमबाट खाना पकाउने गरेका छन् । बिजुली प्रयोग गर्ने परिवारको संख्या ०।१ प्रतिशत मात्रै रहेको छ ।

ल्बदष् िदबलप
१० बर्षअघिसम्म कर्णालीबासी पूर्ण रुपमा काठ दाउरामै निर्भर रहेका थिए । अहिलेको युगमा मान्छेहरु हरेक काममा सहजता र नयाँ प्रविधिको प्रयोगमा रमाउने गर्छन । तर, कर्णाली अझै पनि परम्परागत जीवनयापनबाट प्रविधिको विकासतर्फ फड्को मार्न सकिरहेको छैन ।

१० वर्षको अन्तरालमा १२।३ प्रतिशत परिवार काठ दाउराबाट ग्यास, बिजुलीतर्फ अग्रसर भएको देखिन्छ । ती परिवार भनेको सहर बजारका मात्रै हुन् ।

अधिकांश कर्णालीबासी सोलारमा निर्भर

कर्णालीमा अझैपनि विद्युत विकासको अवस्था कमजोर छ । उज्यालोका लागि अधिकांश कर्णालीबासी सोलार, मट्टीतेल प्रयोग गरिरहेका छन् भने रोजगारीका लागि कालापहाड जानेहरुको जमात उल्लेखनीय रहेको छ ।

तथ्याङ्कअनुसार अहिलेसम्म ४९।६ प्रतिशत परिवारमा बिजुली पुगेको छ । बत्ती बाल्नका लागि ४९।९ प्रतिशत परिवारहरु सोलार÷सौर्य उर्जामा निर्भर रहेका छन् भने ०।५ प्रतिशत परिवार मट्टीतेल र १।९ प्रतिशत परिवारले इन्धनको प्रयोग गर्ने गरेका छन् ।





error: Content is protected !!