दहमा जडीबुटी संकलन केन्द्र स्थापना

हेमन्त केसी
सुर्खेत , ५ जेठ ः जाजरकोटमा सबै भन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका –४ मा संकलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा संकलन केन्द्रको भवन निर्माण गरेर यहाँको जडीबुटीलाई सहज रुपमा राख्नको लागि सहयोग पुगेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त संकलन केन्द्रको भवन निर्माण गरेको अध्यक्ष गिरीले बताए ।

४१ लाख रुपैयाँमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट संकलन गरी ल्याइएको जडीबुटी राख्नको लागि राम्रो व्यवस्था रहेको छ । जाजरकोटबाट जु्म्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा पालिकाले लिएको छ । जडीबुटी सबै भन्दा बढी पाइने पाटनहरु बारेकोट गाउँपालिकाको ४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए ।
तोएिएको समय भन्दा अगाडी निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने संकलनकत्र्तालाई सहजता ल्याउने भएको छ ।

भवन नहुँदा स्थानीयबासीका घरमा जडीबुटी राख्दा चोरी हुने , मुसाले हाँनी पुर्याउने देखि कुहिइने डरबाट मुक्त भएको वडाध्यक्ष रावतले बताए । २५ प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय ,जाजरकोटका राधाकृष्ण दासले बताए । जडीबुटी उत्पादन र संकलनका हिसावले बारेकोट ४ सबै भन्दा बढी उव्रर भूमि भएको समेत प्रमुख दासले बताए । अघिल्लो आर्थिक वर्षमा जडीबुटी संकलनकत्र्ताबाट राजश्व स्वरुप ३३ लाख ७२ हजार १२५ रुपैयाँ उठेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको कुल भू–भागको करीब १२९१२१ हेक्टर अथवा ५८.१४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँको ९३५ जनताको मुख्य पेशा कृषी र वन क्षेत्र संग सम्वन्धित क्रियाकलाप सँग आवद्ध रहेका छन । वन व्यवस्थापनका विभिन्न पद्धतिहरु मध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्धारा व्यवस्थित वन , कवुलियति वन तथा निजि वन व्यवस्थापन पद्धति द्धारा वनको संरक्षण , संम्बद्र्धन तथा सदुपयोग हुँदै आईरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८.४२ % वन क्षेत्र सामुदायिक वनको रुपमा उपभोक्ता समुह गठन गरि वन व्यवस्थापन हुँदै आईरहेको छ ।

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसावले १ वटा डिभिजन तथा ६ वटा सव डिभिजन वन कार्यालय मार्फत वन व्यवस्थापन कार्य हुँदै आईरहेको छ । सबै भन्दा बढि वन क्षेत्र बारेकोट गाउँपालिका (२५.९७%) तथा सवै भन्दा कम भेरी नगरपालीका(९.८९%)मा पर्दछ ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार को अभावको साथै यातायात र सञ्चारको उचित विकास र जिल्लाको सबै क्षेत्रमा सडक मार्ग जोडिन नसकेकोले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जंगल, तथा जडिबुटि जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाको रुपमा रहेको छ । भू–उपयोगिता अनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिन प्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था श्रृजना हुदै गएको छ ।

जलवायु विविधताले प्राप्त वन ,वनस्पति, जडिबुटी लगायत अन्य जीवहरुको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भीर पहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरी रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागीतामा विना सम्भव नभएकोले स्थानीय समुदायमा भएको आवश्यकता र महत्व बारे वोध गराई वन विकास कार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको बारेकोट डिभिजन प्रमख दासले बताए ।

जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना
जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा ८ करोडको लागतमा कार्यालय भवन र जडिबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय भवनको निर्माण कार्य आगामी २०७९ जेठ ११ गते सम्पन्न गर्ने गरी ज्ञान ज्योती बिल्डर्स प्रा.ली. कोटेश्वर–१३ काठमाडौंले जिम्मा लिएको थियो । अहिले पनि भवन निर्माणको काम चलिरहेको छ । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा टेवा पुर्याउने विश्वास लिइएको छ । जिराको भाउमा बिक्री हुँदै आएका जडिबुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गरेर हिराको भाउमा विक्री गर्न प्रशोधन केन्द्र स्थापना गर्न लागिएको पुर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

नक्सामा वन क्षेत्र देखाईएका ठुला पाटन तथा घाँसे मैदानहरुमा बहुमुल्य जडिबुटी तथा विश्व बजारसँग प्रतिष्पर्धा गर्ने गरी फलफुल खेती गर्नुपर्छ उनले भने,’जल, जमिन, जडिबुटी र पर्यटनको सहि सदुपयोगले मात्र कर्णालीको सुन्दर भविश्य मुखरित हुन्छ ।’ सिंहले भने । नेपाल सरकारको स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले औषधीजन्य जडिबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ ।
लिमिटेडले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुर लगाएतका औषधिजन्य जडिबुटीको उत्पादन गर्नुको साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ । बार्षिक १० करोडको कारोबार गर्ने लक्ष्य राखेएको छ । नेपाल सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएमा लिमिटेडले जाजरकोटमा गाँजा उत्पादन गर्नुको साथै गाँजालाई प्रशोधन गरेर सिल्पिङ्ग ट्याब्लेट, पिङ्किलर जस्ता औषधीको उत्पादन गरेर बजारीकरण गर्ने छ ।

वनबाट काठजन्य उद्योग संचालन गरेर, जडिबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्या पर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ । जाजरकोटमा स्थापना भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जाजरकोटलाई मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा योगदान गर्नेमा विश्वस्त भएको सिंले बताए ।





error: Content is protected !!