ट्रली बस सञ्चालन सरकारको प्राथमिकतामा ः मन्त्री बस्नेत

काठमाडौं ः ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ऊर्जामा सबैको सहभागिता सुनिश्चित र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे।

उनले विद्युतीय सामग्रीहरुको प्रयोगले वातावरण स्वच्छ हुने बताए। उनले विद्युतीय सवारीसाधन विस्तारका लागि धेरै चार्जिङ स्टेशन स्थापना गर्नु आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेशन थप्ने कुरामा प्रतिबद्ध रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘ऊर्जामा सबैको सहभागिता सुनिश्चित गर्ने र ऊर्जा सुरक्षाको सवाललाई सुनिश्चित गर्ने प्रसंग, जलश्रोतमा आधारित ऊर्जा वा स्वच्छ ऊर्जाबाट मुलुकको समृद्धिको कुरा गरिराखेका छौँ। वातावरणीय स्वच्छताको दृष्टिले होस्, यसलाई विस्तार गर्नु, व्यापक बनाउनु यो सरकारको प्राथमिकतामा छ। यातायातको क्षेत्रमा विद्युतीय यातायातको साधनहरुलाई प्राथमिकतामा छ। विस्तार गर्ने कुरा प्राथमिकता छ। यसको लागि देशभर चार्जिङ स्टेशनको संख्या थप्न आवश्यक छ। विद्युतीय यातायात विस्तार सरकारको प्राथमिकतामा छ। काठमाडौं उपत्यकालगायत मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताकासाथ सोचिरहेको छ।’

मन्त्री बस्नेतले काठमाडौं उपत्यकालगायत मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउनु सरकारको प्राथमिकतामा रहेको दावी गरे।





error: Content is protected !!