बाल विवाह अन्त्यका लागि सबै पालिकाको समर्थन ः २०२७ सम्मा पूरा गर्ने बाँचा

जाजरकोट , २७ फागुन ः जाजरकोटका सबै पालिकाले सन २०२७ सम्मा बालविवाह अन्त्य गर्नका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । पालिका भित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह , बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लामै मुक्त गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिका बाहेक अन्य पालिकाका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो । बिभिन्न ८ बुद्धे साझा प्रतिवद्धता व्यक्त गर्दै बालबालिका माथी हुने सबै खालका हिंसा समेत अन्त्यका लागि प्रतिवद्धता व्यक्त गरिएको छ । जिल्लाका सरोकारवालाको संयूक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिवद्धतामा हस्ताक्षर समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन , पहाडी क्षेत्र विकास अभियान लगाएतका अन्य संघ संस्थाको सहयोगमा उक्त अन्तरक्रिया भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिका सम्वन्धी गरेका काम , बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो । पाँच तारा संरक्षण मञ्चले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए ।



