शिवालय गाउँपालिकाद्धारा कृषकलाई हात्ते ट्याक्टर


जाजरकोट ः कृषक समुहलाई माग आधारित रहेर शिवालय गाउँपालिकाले हात्ते ट्याक्टर बितरण गरेको छ । चार वटा समुहलाई चारवटा हात्ते ट्याक्टर बितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष गिता शाहीले बताइन् । पालिकाको प्रशासकीय केन्द्र सिमाबाट आज उक्त ट्याक्टर बितरण गरिएको हो ।










