सात दलको सरकार ः एमालेलाई राष्ट्रपति र सभामुख

काठमाडौँ ः नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। आज एमले अध्यक्ष लओली निवास बालकोटमा भएको बैठकले सरकारको पहिलो कार्यकाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्ने र अर्को कार्यकाल अध्यक्ष ओलीले नेतृत्व गर्ने सहमति भएको हो।

सहमतिअनुसार माओवादीले प्रधानमन्त्री पाउँदा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने छ। बैठकमा सहभागी एक नेताले भने, ‘अहिले माअ‍ोवादीलाई प्रधानमन्त्री दिएर हामीले राष्ट्रपति र सभामुख लिने मौखिम सहमति भएको छ। अन्य विषयमा बसेर छलफल गर्ने निर्णय भयो।

सात दलको सरकार

नयाँ सरकार सात दलको बन्ने भएको छ। एमाले, माओवादी, रास्वपा, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको सरकार बन्ने भएको हो। एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्तीको चार सिट रहेको छ। सरकार निर्माणका लागि आवश्यक पर्ने १३८ सिटमध्ये एमालेसहितको सात दलको १६६ सिट हुन आउँछ।

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बाहेक अन्य पदबारे अहिले केही टुंगो भइनसकेको बताए। ‘एमाले, माओवादी, रास्वपा, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको कुल संख्या १६६ पुगेको छ’, उनले भने, ‘ती दलहरूको सहमतिमा अहिले प्रचण्ड प्रधानमन्त्री हुने हो। एजेन्डामा आधारित सहमति हुन्छ। राष्ट्रपतिसहित अन्य पदमा दलहरूबीचमा समग्र विषयमा छलफल गर्छौँ। सरकार गठनपछि हामी छलफल गर्छौँ।’





error: Content is protected !!