डोल्पामा प्रतिनिधिसभा सदस्यमा बुढा विजयी

डोल्पा ः डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा ( एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजय हुनुभएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताउनुभयो ।
उहाँका प्रतिस्पधी नेकपा एमालेका गणेशबहादुर शाहीले ५हजार४९८ भोट ल्याएर पराजित हुनुभयो । पुर्व पर्यटनराज्यमन्त्री समेत रहेको बुढाले सत्तारुढ गठबन्धको साथ रहेको थियो । शाही यो भन्दा अघिल्लो पटक ठुलिभेरी नगरपालिकाका नगरप्रमुख रहनुभएको थियो ।
नेकपा एसबाट नेकपा एमालेमा प्रवेश गरेर प्रतिनिधिसभाको उम्मेदवार बन्नु भएका शाहीलाई एसका उम्मेदवार बुढाले पराजित गर्नुभएको हो ।







