सुर्खेतबाट प्रदेशसभामा माओवादीका जिसी विजयी

सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भएका छन् । उनले नेकपा एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गरेका हुन् । जिसीले २१ हजार ७३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ५३८ मत पाए ।








