मुगुमा प्रतिनिधिसभामा कडा प्रतिस्पर्धा

रामदेबी खड्का
मुगु / प्रतिनिधिसभा तर्फको सात हजार ३० भोट गणना हुँदा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले ३ हजार ४१० मत ल्याउनुभएको छ ।
उहाँका प्रतिस्पधी नेकपा एमालेका राजबहादुर कार्कीले ३ हजार२३५ मत ल्याउनु भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँहरुको बीचमा १३५ भोटको मात्र अन्तर रहेको छ । त्यस्तै प्रदेशसभा तर्फ प्रदेश सभा क्षेत्र नं १ को (क)मा नेकपा एमालेका जीतबहादुर मल्लले ९४६ र नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले १ हजार १५ भोट ल्याउनुभएको छ ।
प्रदेश सभा क्षेत्र नं १ को (ख)मा नेकपा एमालेका कर्णबहादुर मल्लले १ हजार३५० र नेकपा ( माओवादी केन्द्र) मंगलबहादुर शाही १हजार७१७ ल्याउनुभएको छ ।








