सामाजिकसँगै आर्थिक विकास अबको बाटो ः शक्ति बस्नेत

   नन्दा शाही
जाजरकोट ः विकासको लागि जग हालिएको भन्दै अब परिणाम देखाउने समय आएको प्रतिनिधिसभा सदस्य तथा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । उहाँले जाजरकोट सदरमुकाममा आयोजना गरिएको विजय सभालाई सम्वोधन गर्दै अहिले चुनाव जनताको विजयको हिस्सा रहेको बताउनुभयो ।

चुनावमा उठाएका एजेण्डाहरु नै आफ्ना मुल एजेण्डा भएको उहाँले बताउनुभयो । ६० प्रतिशत भन्दा बढी मतदान सुरु भनेको उत्साह जनक सहभागीता हो पुर्वमन्त्री बस्नेतले भन्नुभयो । जिल्लाका सबै वडाहरुमा १२ महिना यातायात सञ्चालन हुने सडक निर्माण गरिने र पालिकाको मुकाममा पिच गर्ने काम समेत यही पाँच वर्ष भित्र पुरा गर्ने बताउनुभयो । समय बित्दै जाँदा विकासका मोडहरु पनि समय अनुसार बदलिने भन्दै बस्नेतले अब केही महिना भित्र जिल्ला भरी सबै ठाउँमा सञ्चार सेवा पुग्ने बताउनुभयो ।

सबै ठाउँमा इन्टनेरनेट सेवा समेत सञ्चालन हुने बताउनुभयो । खानेपानी र सिँचाइका सयौँ योजनाहरु निर्माण भएको र बाँकी ठाउँमा समेत निर्माण गरिने बताउनुभयो । पाँच वर्ष भित्र देखिने र अनूभुति हुने गरी काम हुने बताउनुभयो । अर्थिक र सामाजिक विकास नै अबको बाटो भएको उहाँको जिकिर छ । उक्त कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) का जाजरकोट संयोजक टेकबहादुर रावल , पुर्वमन्त्री तथा केन्द्रीय सदस्य गणेशप्रसाद सिंह , मायाप्रसाद शर्मा , रामदिप आचार्यले समेत सम्वोधन गर्नुभएको थियो ।





error: Content is protected !!