झण्डै चौँध सय भोट अगाडी शक्ति बस्नेत

जाजरकोट  / नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४ हजार २५२ भोट ल्याउनुभएको छ । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार निरज आचार्यले २ हजार ७९० भोट ल्याउनुभएको छ ।

शक्तिले १ हजार४६२ भोटले निरजलाइ उछिनुभएको छ । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ भोट ल्याउनुभएको छ । क्षेत्र नम्वर १ को (क) का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका बेदराज सिंहले ५हजार ६१२ भोट ल्याउनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी एमालेका डम्वरबहादुर सिंहले ३ हजार ४४८ भोट ल्याउनुभएको छ ।

क्षेत्र नम्वर १ (ख)का उम्मेदवार राजिवविक्रम शाहले ७हजार ५८ भोट ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका खिमबहादुर शाहीले ५हजार१६९ भोट ल्याउनु भएको छ । ६५ हजार ९६१ भोट खसेको थियो । जाजरकोटमा कुल मतदाताको संख्या १०४८२४ रहेको छ ।





error: Content is protected !!