सुर्खेत क्षेत्र नम्बर दुईको पछिल्लो परिणामः विसीभन्दा थानी ३१ सयभन्दा धेरै मत अगाडी

सुर्खेत / सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका हृदयराम थानीले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार ४० हजार ९ सय ५९ मत गणना गर्दा थानीले १८ हजार ७ सय ७८ मत प्राप्त गरेर अगाडी हुनुहुन्छ भने एमालेका अमृत कुमार विसीले १५ हजार ५ सय ८८ मत ल्याएर उहालाई पछ्याइरहनुभएको छ ।

थानी विसीभन्दा ३ हजार एक सय ९० मत अगाडी हुनुहुन्छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ३ सय ६ मत प्राप्त गर्दा राप्रपाले एक हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टीले २ सय ७९ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीले एक सय ४३ मत ल्याएको छ । केही स्वतन्त्रले पनि मत प्राप्त गरेका छन । सुर्खेत क्षेत्र नम्बर २ को गणनामा अहिलेसम्म २ हजार ६४ मत बदर भएका छन ।





error: Content is protected !!