सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु

सुर्खेत ः सुर्खेत क्षेत्र नम्बर २ को मतगणना १२ बजेर ३७ मिनेटबाट सुरु भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार मतगणना सर्वदलियको सहमती साढे ११ बजेबाट सुरु गर्न भएपनि अहिले १२ ः ३७ मा भएको जानकारी दिए ।

सुर्खेत १ मा भने मतगणना अन्यौल बनेको छ । सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ ।





error: Content is protected !!