पत्रकार बोहरा माथि आक्रमण

जाजरकोट ः बारेकोट गाउँपालिका ४ जिरी घर फर्कने क्रम्मा पत्रकार तीर्थराज बोहरा माथी आक्रमण भएको छ । १५ जना भन्दा बढी संख्यामा रहेका व्यक्तिहरुले आफू माथी आक्रमण गरेको पत्रकार बोहराले बताउनुभयो ।
आक्रमणकारीलाइ कारबाहीका लागि प्रहरी कार्यालयमा उजुरी समेत दिएको पत्रकार बोहराले बताउनुभयो । पत्रकार बोहराको आक्रमणको बिषयलाई लिएर प्रेस सेन्टर नेपालीका केन्द्रीय सदस्य हेमन्त केसीले दोषी माथी कारबाहीको माग गनुभएको छ । जाजरकोट प्रहरी प्रमुख सन्तोष निरौलाले दोषी माथी कारबाही हुने बताउनुभयो ।










