दुइ पालिकाको मात्र मतपेटिका सदरमुकाममा

सुर्खेत , ५ मंसिर ः उपल्लो डोल्पा सहित तल्लो डोल्पाको मुड्केचला , जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुनुपर्ने भएको छ ।
ठुलीभेरी नगरपालिका , त्रिपुरासुन्दरी नगरपालिकाको मात्र मतपेटिकाहरु सदरमुकाम दुनैमा पुर्याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो । उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताउनुभयो ।
त्यस्तै जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे , शिवालय गाउँपालिकाको मतपेटिकाहरु सदरमुकाम बेलुकी सम्मा मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताउनुभयो । बेलुकी नै सर्वदलिय बैठक बोलाएर मतगणनाको काम हुने उहाँले बताउनुभयो ।





error: Content is protected !!