पुर्वी जाजरकोटको तल्लुमा भव्य कार्यक्रम हँुदै , गठबन्धनका सबै नेताले सम्वोधन गर्ने

जाजरकोट ः पुर्वी जाजरकोटको तल्लुमा गठबन्धनको भव्य चुनावी सभाको आयोजना गरिएको छ । कात्तिक ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा ( माओवादी केन्द्रका ) उपमहासचिव शक्तिबहादुर बस्नेत , कांग्रेस सभापति तथा प्रदेशसभा सदस्यका उम्मेदवार बेदराज सिंह लगाएत जिल्ला स्तरिय नेताहरुले सम्वोधन गर्ने निर्वाचन परिचालन समितिका गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । चुनाव सभाका लागि अहिले तयारीका हुनुका साथै विकास निर्माणको अनुगमण समेत हुने छ ।








