वडाध्यक्षका उम्मेदवार माओवादीमा प्रवेश

डोल्पा ः मुड्केचुला गाउँपालिका वडा नम्वर ७ का नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लालु बुढा नेकपा ( माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

सर्मी घर भएका बुढा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका थिए । उनले २०९ भोट ल्याएका थिए भने उनले माओवादी केन्द्रका दत्तबहादुर बुढासँग पराजित भएका थिए । दत्तले २७६ भोट ल्याएका थिए । लालुसँगै उनका सबै समर्थक माओवादीमा प्रवेश गरेका छन् ।





error: Content is protected !!