चुनावमा खटिने कर्मचारीलाई तालिम

पुष्प ओली
जाजरकोट ः आशन्न मंसिर ४ गते हुन गइहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा खटिने कर्मचारीहरुलाई प्रशिक्षणको आयोजना गरिएको छ ।

दुइ चरणमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा  बारेकोट ,कुशे,जुनिचादे  र नलगाड नगरपालिका कात्तिक २६ तोकिएको छ । त्यस्तै शिवालय , भेरी र  छेडागाड नगरपालिकामा खटिने कर्मचारीलाई कात्तिक २७ गते प्रशिक्षण दिन लागिएको निमित्त जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायतले जानकारी दिनुभयो ।

जिल्लामा मतपत्र पुगीसकेको र सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पश्चिमका क्याम्प समेत स्थापना भइसकेको छ ।





error: Content is protected !!