संविधान जोगाउनेलाई भोट

जाजरकोट ः नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर वस्नेतले गठबन्धन व्यवस्था जोगानका लागि भएको बताएका छन् ।

संविधान मास्ने बिरुद्ध एक जुट भएर रगतसँग साटिएको संविधान जोगानका लागि गठबन्धनलाई भोट दिनुपर्ने वस्नेतले बताए । आज कुशे गाउँपालिकामा आयोजना गरेको चुनावी कार्यक्रमलाइ सम्वोधन गर्दै उनले भने , गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका जानु जस्तै भएको भन्नेहरु आज संविधानलाई ध्वास्त बनाउन लागेका छन् ।

यो संविधान बिरोधी राप्रपासँग गठबन्धन गरेर त्यसको पुष्टि भएको छ । गठबन्धनको पक्षमा प्रतिनिधिसभा र प्रदेशसभामा जाजरकोटबाट भारी भोट नदिएमा सरकार गठनमा हुने समस्या हुने भएकाले त्यो कलंकको टिका नलगाउन कार्यक्रतालाई निर्देशन समेत उनले दिए ।

जिल्लामा गर्ने कामको बिबरण समेत सबै हातमा आइसकेको भन्दै पछि के होला भनेर चिन्ता नगर्न समेत आग्रह गरे । माओवादी र कांग्रेसका उम्मेदवारलाई भोट नहाल्ने तर कांग्रेस र माओवादी हुँ भन्ने व्यक्ति ति दुबै दलको कायक्रता नहुँने उनले बताए ।

सत्तारुढ गठबन्धन जाजरकोटमा झण्डै २४ हजार भोटले अगाडी रहेको छ ।





error: Content is protected !!