लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी गतिविधि ठप्प

 हुम्लाका नाम्खा गाउँपालिका–६ को हिमालपारि को गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन् । बाक्लो हिमपातले गर्दा लिमी जाने दुुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका ने ताहरू लिमी पुुग्न नपाएपछि यस्तो अवस्था भएको हो ।

लिमी हल्जी गाउँका स्थानीय खेन्डाप तामाङले हालसम्म लिमीका तीन गाउँमा कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन हुन नसकेको बताउनुुभयो । आयोगबाट हुने मतदाता शिक्षाका कार्यक्रम र दलहरूबाट हुने निर्वाचन प्रचारका कार्यक्रम हुन नसकेका हुन् । उहाँले जिल्लाका सबै तिर निर्वाचनका लागि उम्मेदवार र दलका नेताहरू पुुगे को भए पनि लिमीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फका प्रत्यासी बन्नुुभएका १३ जना र समानुपातिकतर्फको कोही पनि उम्मेदवार पुुग्न नसके को बताउनुुभयो । उहाँले उम्मेदवार हरू नआएपछि लिमीका मतदाताले आफ्ना गुनासा, माग र आवश्यकता कसै लाई राख्न नपाएरै मत दिनुुपर्ने अवस्था रहेको बताउनुभयो ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन र गत स्थानीय निर्वाचनमा धेररै टोली चुनावी प्रचारका लागि लिमी पुुगे को भए पनि यस पटक भने कोही जान सक्नुुभएको छै न । लिमी जाङ गाउँका अर्का स्थानीय सुनदोर्जी तामाङले प्रकृतिले पनि लिमीलाई अन्याय गरेको बताउनुुभयो । उहाँले लिमी जाने बाटाहरू हिमपातले अवरुद्ध नबनाएको भए उम्मेदवार र ने ताहरू गाउँमा आउने र आफ्ना कुरा राखेर मन परेको उम्मेदवार लाई भोट हाल्न पाउने अधिकार बाट पनि प्रकृतिले वञ्चित बनाएको बताउनुुभयो । अर्कातर्फ लिमी बाहिर र हनुुभएका मतदाता समेत लिमी जान सक्ने अवस्था नभएकाले ती मतदातासमे त मतदानबाट वञ्चित हुनुुपर्ने ।

उहाँले उम्मे दवार हरूसँग आफ्ना कुरा राखे र मत दिनुुपर्नेमा त्यो यस पटकको निर्वाचनका लागि सम्भव नदे खिएको बताउनुुभयो । हालसम्म ने पालमा जति पनि निर्वाचन भएका छन् ती निर्वाचनमा यस्तो अवस्था भएको थिएन । मतदातामा निर्वाचनका बारेमा कुनै चहलपहल नभएपछि कहिले निर्वाचन हुन्छ भन्ने सम्मको ज्ञान देखिएको छैन । लिमीमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीनवटै मतदान केन्द्रमा गरी ५४१ मतदाता रहेका छन् । चुनावी प्रचार का लागि उम्मेदवार को लिमी जाने चाहना भए पनि लिमी जाने दुुईवटै नाका चार हजार छ सय मिटर अग्लो नारा ले क र पाँच हजार मिटरको न्यालुलेकमा चार देखि पाँच फिट हिउँ जमेका कारण यहाँ जान सक्ने अवस्था छैन ।





error: Content is protected !!