डोल्पामा निर्बाचन सामग्री ढुवानी

डोल्पा ः डोल्पामा सेनाको हलिकोप्टर मार्फत निर्बाचन सामग्री पुर्याएको छ । प्रदेश राजधानी सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरबाट डोल्पामा निर्बाचन सामग्री पुर्याएको हो । भेरी करिडोर मार्फत निर्बाचन सामग्री सडक मार्ग मार्फत पुर्याउन नसकेपछि हेलिकोप्टर मार्फत पुर्याएको हो ।

हेलिकोप्टर मार्फत आवश्यक निर्बाचन सामग्री पुगेपछि डोल्पाको सदरमुकाम दुनैमा पुगेसँगै व्यवस्थापनको काम सुरु भएको छ । निर्बाचनमा खटिने कर्मचारीको छनोट समेत पुरा भइसकेको जिल्ला निर्बाचन कार्यालय , डोल्पाले जनाएको छ । चुनावलाई केन्द्रीत गरी जिल्लाका सबै ठाउँमा सुरक्षा व्यवस्था कडा बनाएको प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा सुरक्षा , निर्वाचन सामग्री र कर्मचारी पठाउनका लागि हेलिकोप्टरको व्यवस्थापनको काम हुन लागेको समेत प्रजिअ अधिकारीले बताउनुभयो ।

उपल्लो डोल्पाका तीन पालिकामा हवाइ मार्गबाट मात्र जान र आउन सकिने अवस्था रहेको छ । हिउँका कारण बाटो अवरुद्ध भएपछि यहाँ हेलिकोप्टर आवश्यक परेको हो । प्रत्यक्ष र समानुपातिक गरेर कुल १ लाख ६ हजार थान मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।एक हप्ता भित्रै मतपत्र लगायत निर्वाचन सामाग्री जिल्लाका स्थायी ६६ वटा र दुई वटा अस्थायी गरेर ६८ वटा मतदान स्थलमा पठाइने उहाँको भनाइ छ ।डोल्पामा कुल २२ हजार ७ सय ६४ मतदाता रहेकाछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!