जाजरकोटमा उत्साहित सत्ता गठबन्धन

हेमन्त केसी
जाजरकोट ः जिल्लाको रणनीतिक , दीर्घकालिन तथा अल्पकालिक योजनाहरु प्रतिवद्धता पत्रमा उल्लेख गरी चुनावी कार्यक्रममा होमिएको सत्ता गठबन्धनका दलहरु भारी भोटले जितिने भन्दै उत्साहित भएका छन् ।
जिल्लाका सबै पालिकामा कार्यक्रता प्रशिक्षण गरेर सदरमुकाममा पुगेको टोलीले भारी भोटले जित हुने निश्चित भएको निष्कर्ष निकालेको हो । झण्डै प्रमुख प्रतिपक्ष एमाले भन्दा १७ हजार भन्दा बढी भोटले अगाडी रहेको गठबन्धन संबद्ध दलहरु सबै रिर्पोट लिएर बुझेर दोस्रो चरणको कार्यक्रममा लागेका छन् । नेपाली कांग्रेसले जाजरकोटमा प्रदेशसभाका दुइ सिट लिएको छ भने प्रतिनिधिसभाको एक सिट माओवादी केन्द्रले लिएर चुनावी मैदानमा होमिएको छ । सात स्थानीय तह मध्य नलगाड , शिवालय , छेडागाड , कुशेमा सत्तागठबन्धनको सरकार रहेको छ ।
त्यस्तै भेरीमा उपमेयर , बारेकोटमा उपाध्यक्ष, जुनिचाँदेमा उपाध्यक्ष सहित बहुमत सत्तारुढ दलकै रहेको छ । सत्तारुढ दलले जिल्लाको समग्र विकासका लागि तीन प्रकारको कार्ययोजना निर्माण गरेर प्रतिवद्धता जाहेर गरेको छ । जिल्लालाई बिभिन्न समस्या परेको समयमा निजी रकम समेत खर्च गरेर सहयोग गर्ने उम्मेदवार राजिव बिक्रम शाह देखि राष्टिय राजनीतिमा पहुँच भएका शक्तिबहादुर बस्नेत सम्मा गठबन्धनकै उम्मेदवार भएकाले सत्तारुढ दल चुनावमा होमिन थप उत्साहित भएको हो । कांग्रेसका जिल्ला सभापति प्रदेश क का प्रदेशसभा उम्मेदवार बन्दा सिंगो कांग्रेस नै चुनावमा उत्साहित भएर लागेको देख्न सकिन्छ ।

प्रत्येक टोल सम्मा नै निगरानी समिति गठन गरेर चुनावमा लागेको गठबन्धन संमद्ध दलहरु थोरैले जित्ने नभइ भारी भोट आफ्नो पक्षमा ल्याएर जित्नु आफ्नो जित भएको महसुस हुने बताउदै आएको छ । टोल ,टोलमा निर्माण भएका समितिहरु आक्रामक रुपमा चुनावी प्रचारमा लाग्नुका साथै भोट बदर हुन नदिन मतदाता शिक्षामा समेत जोड दिएर लागेको कांग्रेस नेता खडक बिसीले बताए । सत्तारुढ दलले दुइ पटक सम्मा आन्तरिक परीक्षण समेत गरिसकेको तथ्य सार्वजानिक भएको छ । यो चुनावबाट सत्तारुढ दलका उम्मेदवारले जित्नु भनेको जाजरकोटको बिजयी हुनु भएको अर्का कांग्रेस नेता छवि पन्तले बताए । अधिकांश यूवाहरु नेतृत्वमा रहेको जाजरकोट कांग्रेस कुनै कसुर बाँकी नराखी चुनावमा जुटेको कांग्रेस नेता नगेन्द्र शाहले बताए ।
संयूक्त कार्यक्रम र साना साना समिति बनाएर आन्तरिक प्रचार र निगरानी टिम बनाएर लागेको सत्तारुढ दल जिल्ला संमृद्धिको नारा सहित आफ्नो बिजयी निश्चित भएको बताउदै आएको छ । आधा भोटले कम रहेको नेकपा एमाले पनि आफ्नो प्रचारलाई तिब्रता दिदै आएको छ ।
यद्यमी एमालेसँग गरेका काम देखाउने एजेण्डा नहुँदा समस्य पर्दै आएको छ । सत्तारुढ दलले नलगाड जलविद्युत , भेरी करिडोर , लुम्बिनी रारा सडक , जिल्लाको विद्युतीकरण , सञ्चार सेवा , खानेपानी , साना ठुला सडकहरुलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । सत्तारुढ दलले उठाएका यि कामहरु अहिले निर्माण कार्य जारी रहेका मध्यमा पर्दछन् । स्वास्थ्य सेवा , पर्यटन लगाएका कुराहरु समेत भइरहेका छन् ।









