जुनीचाँदेमा गर्भवती महिलाको हवाई उद्धार

जाजरकोट ःजिल्लाको जुनीचाँदे गाउँपालिका २ की १९ बर्षिया रेखा विकको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
हिजो (सोमबार) साँझ बाट सुत्केरी वेथाले छट्पटाईरहेकी विकको स्थानीय सस्थ्य संस्थामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको प्रमुख जिल्ल अधिकारी अन्जन न्यौपानेले बताउनुभयो ।
महिला तथा बालबालिका मन्त्रालय अन्तरर्गत राष्टपति उद्धार कोषद्धारा विकको उद्धार गरिएको थियो । नेपाली सेना पश्चिम हवाइ वेसबाट आएको हेलिकोप्टरले उद्धार गरेको हो । प्रदेश अस्पतालमा पुरयाएपछि रेखाको पेटबाट मृत बच्चा निकालिएको छ । रेखाको स्वास्थ्य अवस्था भने अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।










