गठबन्धन संबद्ध दलहरु एकै मञ्चबाट भोट माग्दै

जाजरकोट ः सत्तारुढ दलहरु एकै मञ्चबाट मंसिर ४ का लागि भोट मागिरहेका छन् । ६ वटा विशेष समिति बनाएर चुनावी फिल्ड उत्रिएका जाजरकोटका सत्तासिन दलहरु एकै स्वारमा भोट माग्दै जनताका खास प्रतिनिधिको रुपमा आफूलाई मतदान गर्न आग्रह गरिएका छन् ।

पुर्वी जाजरकोटमा एकै टिम बनाएर कार्यक्रताहरु प्रशिक्षण गरिरहेका नेकपा ( माओवादी केन्द्र) , नेपाली कांग्रेस र एस संबद्ध नेताहरुले आगामी ५ वर्षमा गर्ने कामको फेरिस्ता समेत सार्बजानिक गर्दै भोट मागिरहेका छन् । नेकपा ( माओवादी केन्द्र) का उपमहासचि तथा पुर्वमन्त्री शक्तिबहादुर बस्नेत , कांग्रेस सभापति बेदराज सिंह र समाजसेवी क्षबि बनाएका राजिवविक्रम शाह एकै फिल्डमा, एकै स्वारमा भोट दिन आग्रह गरिरहदा मतदातामा भारी आधा र भरोसा थपिएका सर्बसाधारणहरु बताउँने गरेका छन् ।

संघीय सरकारका पुर्वमन्त्री शक्ति बस्नेत जिल्लामा राम्रो पटक रहेको कांग्रेस शीर्ष नेतृत्व सँगसँगै चुनावी यात्रामा होमिएपछि जनस्तरमा भारी भरोसा थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । कांग्रेस र माओवादीको भोटको अंक गणना गर्दा डवर भोटको अन्तर परेपछि जित निश्चित भएको भन्दै बिजयको झण्डा फराउनका लागि जनताले अनुमोदन गर्न मात्र बाँकी रहेको अर्का समाजसेबी तथा गैरसरकारी संस्था महासंघका सहदेब बस्नेतले बताए ।

जिल्लामा शक्ति भन्दा अर्को राम्रो पकट राख्ने र राष्टिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्ने नेता शक्ति बाहेक अरु नभएकाले उहाँको बिकल्प नभएको बस्नेतको भनाई छ । जिल्ला जती बिकास निर्माणको काम भएको छ , त्यो सबै शक्तिकै कारणले भएको कांग्रेसबाट क्षेत्र नं २ का उम्मेदवार तथा समाजसेवी राजिवविक्रम शाहले बताए । रिस गरेर के गर्नु हाम्रो पहुँच शक्ति जती छैन । बजेट ल्याउन त प्रभाव चाहिदो रहेछ कांग्रेस सभापति बेदराज सिंहले बताए ।





error: Content is protected !!