नाम र दामको लोभ छैन, चुनाव जितेर जनताको सेवा गर्छु

विराटनगर ः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिबेला देशको राजनीतिक माहोल ततिएको छ। यो निर्वाचनमा व्यवसायीदेखि कलाकारसम्मको उम्मेदवारी रहेको छ। यसैक्रममा नेपाली चलचित्र जगतकी आँटिली नायिकाको रुपमा चिनिने अभिनेत्री रेखा थापाको पनि गन्तव्य मोडिएको छ।
सधैँ जस्तो हुँदो हो त उनको चलचित्रको ट्रेलर या उनले निर्माण गरेको नयाँ चलचित्रको समाचार पढ्न या सुन्न पाइन्थ्यो। तर, पछिल्लो समय उनको समाचारको हेडलाइन नै परिवर्तन भएको छ। उनी यतिबेला राजनीतिक क्षेत्रमा डेब्यु गर्दैछिन्। उनले राप्रपा नेपालको तर्फबाट प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर—३ बाट उम्मेदवारी दिएकी छन्। जुन क्षेत्रबाट उनले उम्मेदवारी दिएकी छन् सोही क्षेत्रबाट पूर्व स्वास्थ्यमन्त्री समेत भएको एमाले नेता भानुभक्त ढकाल र नोबेल मेकिल कलेजका सञ्चालक सुनिल शर्माको पुनः प्रतिस्पर्धा हुँदैछ।
यी दुई ठूला दलका नेताहरु प्रतिस्पर्धामाझ आफूलाई शानदार जित हासिल गर्न सक्छिन् या सक्दिनन् भन्ने विषयमा रहेर सुजाता लिम्बूले अभिनेत्री रेखा थापासँग गरिएको संक्षिप्त कुराकानी ः
निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
निर्वाचनको तयारी राम्रैसँग चलिरहेको छ। म मतदाता भन्न रुचाउँदिनँ यो मेरो निर्वाचन क्षेत्रको भविष्य सुनौलो बनाउने लगानीकर्ता भन्न रुचाउँछु। उहाँहरूसँग भेटघाटमा छु। यो क्षेत्रलाई सुन्दर बनाउने महाअभियानमा जुटेको छु। क्षेत्र नम्बर ३ मा जन्मेर एउटा कलाकारको हैसियतले मेरो नाम चिनाउन सफल भएकी छु।
यो यहीँको आमाबुवा, दाजुभाइ दिदीबहिनीको मायो आशीर्वाद र स्नेहले हो। अब म बनिसकेँ अब यो क्षेत्रलाई बनाउने उद्देश्यले आएकी छु।
निर्वाचन क्षेत्रमा पुगिरहँदा त्यहाँका जनताबाट कस्तो प्रतिक्रिया पाउनुभयो त ?
मोरङ क्षेत्र नम्बर ३ को २६ वटै वडामा भेटघाटमा जाँदा जुन प्रकारको ‘रेस्पोन्स’ पाएँ मलाई प्रेरणा मिलेको छ। एउटा विकल्पको खोजी राजनीतिको स्वाद नचाखेको मान्छेलाई अर्थात् एउटा युवालाई काम गर्ने मौका दिनुपर्छ भन्ने भावना पाएँ। त्यसले मलाई थप हौसला र उत्साह थपिदिएको छ।
तपाईं जुन क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ त्यो क्षेत्रमा ठूला दलका दुई नेताको प्रतिस्पर्धा हुँदैछ, उहाँहरुको चेपुवामा चुनाव लड्न सहज छ त ?
हामीले ५ वर्ष अगाडि मत दिएर पठाएको व्यक्तिको चरित्र त छर्लङ्ग भइसकेको छ। उहाँले के गर्नुभयो र के गर्नुभएन भनेर। विजयी भएर ठाउँमा पुगेपछि आफ्नो निर्वाचन क्षेत्रमा कतिपटक आउनुभयोरु मेरो घर त यहीँ हो। घर, परिवार, छिमेकलगायत सबै वडाबासीको कुरा सुनेको छु। र म आफैँ पनि यहीँको मान्छे भएकाले मैले पनि देखेको छु। र मेरो प्रतिस्पर्धा कसैसँग होइन। मेरो प्रतिस्पर्धा राजनीतिक दास बनाउने प्रथाको विरुद्धको प्रतिस्पर्धा हो।
मेरो प्रतिस्पर्धा कसैसँग छैन। म स्वच्छ भावना र काम गर्ने आँट लिएर आएको हुँ। क्षेत्र–३ का बासीलाई हरेक निर्वाचनमा सपना देखएर तुहाएको छ। हाम्रो मतको दुरुपयोग भएको छ। हाम्रो मत बीच बाटोमा बेचिएका छन्। त्यो अब हुन नदिनका लागि निर्वाचनको मैदानमा उत्रिएकी हुँ। यो युवाको लडाइँ हो। यो युवाको विद्रोह हो।
तपाईले आफ्नो उम्मेदवारी राजनीतिक दास बनाउने प्रथाको विरुद्धको प्रतिस्पर्धा हो भन्नुभयो तपाईं आफैँ एउटा राजनीति दलमा आबद्ध हुनुहुन्छ होइन र ?
म यसलाई यसरी प्रस्ट पार्छु। एक हिसाबले म दलमा नै भए पनि म ‘ननटेष्टेड’ र्रोहापर्धामेदवार राप्रपाआएको मान्छे हो नि त होइन। यो त मेरो राजनीतिमा ‘डेब्यु’ हो। एक हिसाबले भन्नुपर्दा नयाँ अनुहार हो, निस्कलंक मान्छे हो। मैले पाएको जिम्मेवारीको क्षेत्रमा इमान्दारीपूर्वक त्यो क्षेत्रको परिवर्तन गर्ने एउटा खम्बा हो रेखा थापा। मैले चलचित्र क्षेत्रबाट नै परिवर्तनको मार्ग पहिल्याएको हो। महिला पनि नायक बन्न सक्छे भन्ने विषयलाई प्रमाणित गरेको व्यक्तित्व हो म। त्यसैले पनि स्वतन्त्रको कुरा उठिरहँदा मलाई कांग्रेस, एमाले, अन्य जति पनि पार्टीहरु छन् सबै पार्टीको म साझा मान्छे हुँ। मलाई स्वतन्त्रको नजरले हेर्दा हुन्छ।
एउटा दलको आस्थामा हुनुहुन्छ कसरी स्वतन्त्र मान्ने ?
अहिले पछिल्लो परिपेक्ष्यमा हामी दलीय व्यवस्थामा छौँ। दलको विकल्प दल नै हुन्छ। राज्य नीति बनाउने कुरामा, भोलि सत्ता संचालन गर्ने विषयमा दलको आवश्यकता पर्छ। तर, यो क्षेत्रको विकास गर्ने, पक्का काम गर्ने हौसलासहित एउटा युवा आएको छ। म नाम, दाम कमाउन आएको होइन। हामीलाई वर्षौंदेखि राजनीति दास बनाएको थियो। दास प्रथाको अन्त्य गर्न आएको हो म। र मेरो चुनाव चिन्ह हलो भए पनि मलाई स्वतन्त्र मान्दा हुन्छ। मलाई पार्टीबाट धेरै बन्देज बनाएको छैन। र हाम्रो पार्टीमा त्यस्तो प्रथा पनि छैन।
हाम्रो अध्यक्ष नै जनताभन्दा ठूलो अरू कोही हुँदैन भन्ने सोँच बोकेको हुनुहुन्छ। हामीलाई अध्यक्षले हामीलाई एउटै भन्नुभएको छ जनताको मुद्दाबाहेक अन्य कुनै कुरामा दुईमत नराख्नु जनताको जनप्रतिनिधि भइरहँदा ५ वर्ष जनताको माझ बस्नु र काम गर्नु भन्ने कसम खुवाएर पठाउनुभएको छ। हामी युवालाई थप चुनौती छ। त्यसैले पनि मलाई दलको आँखाले भन्दा पनि ३ नम्बर क्षेत्रमा सबैको साझा उम्मेदवार हो।
अघिल्लो निर्वाचनमा सुकुम्बासी समस्या समाधानको एजेण्डाको आधारमा नेतृत्व चुनिनुभएको थियो, पुनः ५ वर्षका लागि जनताले नेतृत्व चुन्नुपर्ने भएको छ।यो क्षेत्रका जनताले रेखा थापालाई नै किन मत दिने ?
म आफैँ सुकुम्बासी नै हुँ। हाम्रो पनि धनीपुर्जा छैन। मैले बाल्यकालदेखि सुकुम्बासी समस्या हल गर्ने भन्ने एजेण्डाले मेरो परिवारसहित हाम्रो क्षेत्रका जनताको मत दुरुपयोग भएको देखेकी छु। सधैँ आउने निर्वाचनमा जितेर जानेले गर्लान भन्ने आशा थियो। तर, गरेनन् किनभने सबै बाहिरबाट आएका मान्छेहरू थिए। स्थानीय नेता नै जनप्रतिनिधि थिएन। त्यसैले यो सुकुम्बासी, भूमीहिनको समस्या रेखा थापाको समस्या हो। किनकि म आफैँ त्यो जमिनमा उभिएको पीडित पात्र हुँ।
करिब ४० हजार हाराहारी धनीपुर्जाविहीन छन्। मैले यो पीडालाई उठान गर्नुपर्छ। यसका लागि मैले सडकदेखि सदनसम्म आवाज उठाउनुपर्छ। योभन्दा अगाडिको जनप्रतिनिधिले के गर्यो, के गरेन भन्नेमा भन्दा पनि अब मैले यो क्षेत्रको समस्यालाई मेरो समस्या हो भन्ने ठानेर निर्वाचन मैदानमा होमिएकी छु।
भूमिहीन सुकुम्बासीको समस्यालाई भोटर बैंक बनाउन पल्केकाहरुले यसलाई सफल हुन दिदैनन्। त्यसैले यो कामको अन्त्य म गर्नुसक्छु भन्ने विश्वासको साथ र यो कामलाई सफल बनाउन सक्छु भन्ने मेरो प्रतिवद्धता छ। मैले यो समस्यालाई एजेण्डा बनाएर भन्नु जरुरी छैन म आफैँ पीडित हुँ। र अर्को कुरा स्वास्थ्यको कुरा गरौँ स्वास्थ्य सरकारबाट प्राप्त अधिकार स्वास्थ्य र शिक्षा त सरकारबाट अनिवार्य सरकारले दिनुपर्ने सुविधा हो।
कोही मानिसले आफ्नो व्यापार व्यवसायका लागि स्वास्थ्य शिविर चलाउदा खुशी हुने एउटा भ्रम या नबुझेको हो की। हाम्रै घरभित्र पनि मेरो ममीहरू दंग पर्नुहुन्छ। तर, एउटा मापदण्डअनुसार त्यो उसको गोजीबाट चलाएको हुँदैन। त्यो व्यवसाय पनि हो र आँखामा छारो हान्नलाई गरिरहेको छ। कहिलेसम्म राजनीतिको आडमा मान्छेलाई धोका दिनेरु जहिले पनि नेताहरु जनतको काँधमा चढेर उनीहरु महलमा बस्नेरु शिक्षाको क्षेत्रमा हुने विकृतिको अन्त्य, रोजगारी व्यवस्थाका लागि म पनि मेरो विकल्प हो। यो क्षेत्रको परिवर्तनका लागि पनि मैले मत पाउँछु भन्ने हो।
अन्त्यमा चलचित्रमा देखाइने राजनीतिक परिवेश र वास्तविकतामा के फरक पाउनुभयो ?
केही पनि फरक छैन। मैले लेख्ने, निर्माण गरिएका सबै चलचित्रका कथाहरु वास्तविक समाजको ऐनालाई चित्रण गरेर बनाएको हो। हाम्रो समाजमा पनि एउटा नायक हुन्छ जो समाजमा जहिल्यै दबिएर बसेको हुन्छ।
भिलने चरित्र गरेकाले दबाएर राखेको हुन्छ। त्यो भिलेन चरित्र भएको को हो भने परम्परागत राजनीति गर्ने व्यक्तित्वहरुले समाजलाई दास बनाएर राखेको हुन्छ। अन्त्यमा उसको विरुद्धमा कोही आउँछ। भर्खरै सकिएको स्थानीय निर्वाचनलाई हेरौँ न त्यो चलचित्रभन्दा कम थियो ररु त्यसैले पनि चलचित्र र रियल लाइफमा मैले केही फरक देखिनँ।







