बहुप्राविद्यिक शिक्षालयको काम जारी

जाजरकोट २७ असोज ः सबै खालका प्राविद्यिक शिक्षाहरु एकै ठाउँमा पढाउनका लागि स्थापना गरिएको जाजरकोट बहुप्राविद्यिक शिक्षालयको काम जारी रहेको छ ।
अघिल्लो वर्ष देखि सुरु गरिएको काम निरन्तर चलिरहेको छ । भवनको अभावमा खुल्ला चौरमा पढ्दै आएका विद्यार्थीहरु भवन निर्माणसँगै अत्यधुनिक सेवा सहित सुविधा लिन पाउने छन् ।


प्राविद्यिक शिक्षालय रहेको भेरी नगरपालिका –६ काफचौरमा सडकको स्तरउन्नती गर्नका लागि रु ४० करोड रुपैयाँ बिनियोजन भई काम सुरु गर्न लागिएको पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले जानकारी दिए ।
सिटिइभिटिइद्धारा सञ्चालनमा रहेको सरकारी वहुप्राविद्यिक शिक्षालय पुर्ण रुपमा तीन वर्ष देखि सञ्चालन हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा पर्ने यो शिक्षालयबाट सिस्ने हिमाल लगाएतका उच्च हिमश्रीङखलाहरु अवलोकन गर्न सकिन्छ ।
२० करोड भन्दा बढी रकमबाट अहिले भौतिक संरचनाको काम जारी रहेको छ । यहाँ शिक्षालय नहुँदा वर्षेनी विद्यार्थीहरु लाखौं रकम खर्चेर बाहिर जिल्ला जानुपर्ने बाध्यता रहदै आएकोमा त्यो अन्त्य भएको छ । शिक्षालय भित्र छात्राबास देखि अन्य सेवाको विस्तारका लागि पुर्वगृहमन्त्री शक्तिबहादुर वस्नेललाई आग्रह गरेका थिए । पुर्वमन्त्री वस्नेतले पहिले शिक्षालयमा पठाएको बजेटबाट काम गर्नुहोस ,अन्य पैसाको विषयमा चिन्ता लिनुपदैन भनेर जानकारी दिनुभएको थियो ।





error: Content is protected !!