प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवार मनोनयन आश्विन २३ गते मात्रै

काठमाडौँ ः प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सूचना जारी गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन पत्र समयबारे जानकारी गराएको हो । मनोनयन पत्रसँगै उम्मेदवारहरूले निम्न कागजातहरू संलग्न गर्नुपर्ने आयोगले जानकारी गराएको छ ।
क -उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि
ख- मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
ग- प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा
घ- दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा
प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -७ बमोजिम)
ङ- धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर
च- स्वघोषणा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९
को अनुसूची (६ बमोजिम)
छ- उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य
निर्वाचन निर्देशिका, २०७४ को अनुसूची (बमोजिम)
ज -उम्मेदवारको वैयक्तिक विवरण फाराम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (१० बमोजिम)










