दशैँका लागि विपन्न परिवारलाई खाद्यान्न

जाजरकोट /  नलगाड नगरपालिकाकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अवस्था अत्यान्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिदै गरेको चाड दशैलाई मध्यनजर गदै खाद्यान्न वितरण गरिएको हो ।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुइ केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ( उपसचिव) मानबहादुुर गिरीले जानकारी दिनुभयो । । आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौ धौ परेका ति विपन्न परिवारलाई थोरै भएपनि चाडवाड मनाउन सहज होस भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले जानकारी दिनुभयो । दल्लीमा रहेका बादी जातीहरु माछा मारेर दैनिक घर खर्च चलाउदै आएका छन् ।

अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायी रुपमा बस्दै आएका छन् । पालिकाले बिभिन्न सिपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बादी समुदायलाई पालिकाले समय ,समयमा आर्थिक रुपमा समेत सहायता गर्दै आएको छ ।

जीवन उपयोगी सिपका साथै अन्य कुराहरु सहयोग गर्दै आएको भन्दै नलगाड नगरपालिका प्रमुख डम्वर रावतले पछाडी परेका बर्गलाई मुल प्रवाहमा ल्याउनु आफूहरुको उदेश्य रहेको बताउनुभयो ।





error: Content is protected !!