जाजरकोटमा गठबन्धन भित्र कसको भाग कहाँ कहाँ ?

जाजरकोट ः प्रदेशसभा र प्रतिनिधिसभाको सिट बिभाजनको करिब , करिब भागबण्डा टुंगो लागेको स्रोतले बताएको छ । एक मात्र सिट रहेको प्रतिनिधिसभा माओवादीको भागमा परेको छ । त्यस्तै दुई प्रदेशसभा रहेके जाजरकोटमा प्रदेश ( क) मा नेपाली कांग्रेसको भाग र प्रदेश ( ख) समेत कांग्रेसकै दाबी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । यद्यपी ठुलै परिवर्तन नभएर यही नै अन्तिम निर्णय भएको एक नेताले बताए ।











