काम नगर्ने ठेक्का तोडेर नयाँ ठेक्का


जाजरकोट / जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्नका लागि तीन वर्ष अगाडीको गरिएको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ ।
पटक , पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।
तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ । पुर्वगृहमन्त्री शक्तिबहादुर वस्नेत र गणेशप्रसाद सिंहले लामो समय सम्मा ठेक्का लगाएपनि कामको नतिजा नदेखिएको भन्दै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा गएर तत्काल नयाँ ठेक्कामा गएर काम सुचारु गर्न लिखित माग गरेका थिए ।
उक्त माग अनुसार नै नयाँ ठेक्का गरिएको प्रदेश कार्यालयले जनाएको छ । ठेकेदारले काम नगर्दा बत्ती बलिसक्नुपर्ने समयमा नयाँ ठेक्का गर्नु रहरको विषयमा नभएको पुर्वमन्त्री सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘ जनताले हामीलाइ कहिले विजुली बल्छ भनेर प्रश्न गर्छन , हामी ठेकेदारलाइ छिटो काम गर भन्छौँ । तर ठेकेदारले काम गर्छु भन्छ , तर काम गर्दैन । बाध्य भएर ठेक्का तोडेर नयाँ ठेक्का गरी काममा लाग्न दबाब दिनुपरेको हो ।
’ श्री सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र श्री सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् । यो ठेक्काको काम अघेल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या हुँदै आएको छ । त्यस्तै छिमेकी जिल्ला डोल्पामा विद्युतीकरणमा विलम्व हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना , नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो ।
जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोट स्थित सव स्टेशनमा सँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो । पुन भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पुर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताउनुभयो । विकास निर्माणमा हुने ढिला सुस्ती देखि वदमासी गर्ने कार्यको निगरानी हुने उहाँको भनाई छ ।










