रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अभिनेत्री रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्।

उनले आफूलाई पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको सदस्य मनोनित गरेकोमा नेताहरुलाई धन्यवाद दिएकी छन्।

उनी अध्यक्ष लिङ्देन प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उमेदवारको उम्मेदवार बनेकी थिइन्। तर, कुन्ती कुमारी शाहीसँग पराजित भइन्।

अहिले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ३ बाट लड्ने तयारी थालिसकेकी छन्। ​​





error: Content is protected !!