मन्त्री बन्न समाजवादी रोजेका नेता नन्दसिंह बुढा पुनः एमालेमा

सुर्खेत ः कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा ( समाजवादी केन्द्र) का नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए ।

आज एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा ( एमाले ) भएको आरोप डोल्पामा लाग्र्दै आएका थियो । प्रदेशसभाको टिकट दिने प्रतिवद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै समाजवादीका कार्यक्रताहरु रुष्ट हुँदै आएका थिए ।





error: Content is protected !!