टिकटका लागि नेताको कोठा कोठा

हेमन्त केसी
सुर्खेत , १९ भदौ ः पार्टी कार्यालय भन्दा बजारको होटलमा गएर गफ दिने नेताहरु आफ्ना ठुला नेताहरुलाइ रिजाउन पार्टी कार्यालयमा डेरा बसाउन थालेका छन् । मंसीर ४ गते हुने प्रदेश र संघीय चुनावमा आफ्नो पक्षमा टिकट पार्नका लागि अहिले सुर्खेत स्थित पार्टी कार्यालयमा सबै खालका नेताहरुको भिड लाग्न थालेको छ ।
जिल्ला कार्यालयले उम्मेदवारको नाम सिफारिस गरिरहदा आफूलाइ कसरी टिकटको हिस्सेदार बनाउने भन्दै ठुला नेताहरुसँग हारगुहार माग्नेहरुको ठुलै भिड पार्टी कार्यालयमा देख्न सकिन्छ । नेकपा एमाले भन्दा सत्तासिन गठबन्धन भित्र टिकट पाउन मुस्किल बन्दै गएपछि शक्ति केन्द्रमा धाउनेहरुको भिड लागेको छ । स्थानीय चुनावमा वडामै पराजित भएका नेता देखि आफूलाइ बौद्धिक भन्ने नेताहरु समेत ठुला नेताहरुको चाकडीमा व्यस्त देखिएका छन् ।
नेकपा ( माओवादी केन्द्र) को सुर्खेत स्थित पार्टी कार्यालयमा प्रदेश इन्चार्ज कालीबहादुर मल्ल , अध्यक्ष विमला केसीसँग माथिल्लो कमिटिमा नाम सिफारिस गरिदिनका लागि हारगुहार माग्नेको जमघट ठुलो देखिन्छ । अन्य समयमा व्यक्तिगत काममा व्यस्त हुने र पार्टीको काममा समय नदिने नेता तथा कार्यक्रताहरु अहिले आ आफ्नो नेता राम्रो भएको भन्दै ठुला नेतालाइ भेट्ने देखि फोनमा समेत दवाब दिन थालेका छन् । माओवादीले डोल्पा , सुर्खेत , दैलेख , हुम्ला जिल्लाको सबै उम्मेदवार छनोट गरी विवरण आइसकेको प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । ठुला नेता रहेको जिल्ला जाजरकोट र रुकुम पश्चिमबाट अहिले सम्मा सहमतिको लिष्ट आउन सकेको छैन । त्यस्तै सल्यानबाट समेत लिष्ट आउन नसकेको बताएको छ । अन्य जिल्लाहरुमा उम्मेदवार छनोटका कामहरु चलिरहेको इन्चार्ज मल्लले जानकारी दिए ।
उत्ता नेकपा एमाले भित्र उम्मेदवार छनोटको काम चलिरहेको छ । दैलेख , हुम्ला ,सल्यान ,सुर्खेतमा नेकपा एमालेले उम्मेदवार छनोट गरि पठाएको छ । अन्य जिल्लामा उम्मेदवार छनोटको काम चलिरहेको बताएको छ । त्यस्तै नेपाली कांग्रेसले मुगु ,जाजरकोट , सुर्खेत , सल्यान ,जुम्ला , कालिकोट र हुम्लामा उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरिसकेको छ । अन्य जिल्लाको उम्मेदवार छनोटको काम गरि प्रदेशमा पठाउने काम जारी रहेको छ । एकै जिल्लाबाट ५० जना नेताहरुलाइ उम्मेदवार बनाएर पठाएको समेत पाइएको छ । कालिकोटबाट ५० जना नेताहरुको नाम सिफारिस भएको छ । जुम्लाबाट ५३ जनाको नाम सिफारिस गरिएको छ ।
सबै भन्दा बढी उम्मेदवार छनोट गरेर प्रदेशमा पठाउनेमा कांग्रेस अगाडी रहेको छ । त्यस्तै नेकपा ( एकीकृत समाजवादी केन्द्र)ले जाजरकोट , सल्यान , डोल्पा लगाएका जिल्लामा उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको बताएको छ । नाम सिफारिस गरिएका सबै नेताहरु प्रदेश स्थित कार्यालयमा आएर आफ्नो नाम केन्द्रमा पठाउनका लागि ठुला नेताहरुलाइ दबाब दिन थालेका छन् । केही दिन अघि माओवादी अध्यक्ष प्रचण्डले महिला ,दलित र पछाडी परेको बर्गलाइ उम्मेदवार छान्दा प्राथमिकता दिन निर्देशन दिएपछि केही नाम सिफारिस भएका नेताहरु हैरान भएका छन् । माओवादीले कर्णालीमा आफ्नो आधार इलाका मान्छ ।
जुन जिल्लामा माओवादीको बचश्य छ , त्यहाँको जनसंख्य कम रहेको छ । जहाँ कम बचश्य छ त्यहाँको जनसंख्य कम हुँदा भोट कम देखिएको माओवादी आकलन रहेको छ । सुर्खेत र दैलेख जिल्लामा माओवादीको प्रभाव कम रहेको छ । यिनै जिल्लामा बढी जनसंख्य र निर्बाचन क्षेत्रको संख्य बढी रहेको छ । सबै दलका अधिकांश नेताहरु काठमाडौँ बसेर कर्णालीको राजनीति गर्नेहरु यतिबेला कर्णाली सभिmएर जिल्ला हुँदै सुर्खेत पुगेका छन् ।
टिकटमा आफन्तवाद लागू नहोस भन्दै शीर्ष नेतृत्वलाइ दबाब समेत एकथरीले दिइरहेका छन् । अहिले सत्तामा भएकालाइ फेरी पनि अवसर दिनु नहुँने भन्दै चर्को आवाज समेत उठीरहेको छ । माओवादीको ठुला नेता रहेका जाजरकोट र रुकुम पश्चिममा टिकट वितरण गर्दा आफन्तवाद लागू नहोस भनि दबाब समेत सिर्जना भएको छ । जनताको विश्वास पात्र जो छ उसैलाइ उम्मेदवार दिनुपर्ने माग चर्को रहेको छ ।








