गर्भवतीको हवाइ उद्धार

जाजरकोट , १८ भदौ ः नेपाली सेनाको पश्चिम हवाइ बेस सुर्खेतबाट खटिएको हेलिकोप्टरबाट जाजरकोट नलगाड नगरपालिका– ८, लुपानाकी २७ बर्षिया लक्ष्मी ओली लाइ दल्ली स्थित स्वास्थ्य संसथाबाट उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु भएको छ । चार दिन देखि सुत्केरी बेथा लागेर सुत्केरी हुन नसकेपछि ओलीलाई राष्ट्रपति उद्धार कोष मार्फत हवाइ उद्धार गरिएको थियो । बद्री पन्त









