सत्ता गठबन्धनको बैठक शुरु, सिट बाँडफाँट टुङ्गो लाग्नसक्ने

काठमाडौँ ः सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गिने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।

यसअघि बुधबार बसेको बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको थियो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहनुभएको छ ।





error: Content is protected !!