सिट बाँडफाँट सर्वस्वीकार्य ढंगले हुन्छ ः शक्ति बस्नेत

काठमाडौं नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्।

उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरूलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निष्कर्षमा सहमति भएकोले बाँडफाँटको कुरा हाल अड्किएको बताए।

उनले बाँडफाँटको आधा समस्या सकिइसकेको र सिट ठूलो समस्या नभएको जानकारी दिए।

नेता बस्नेतले गत ५ वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुपको विकास नभएको स्वीकार गरे।





error: Content is protected !!