औद्योगिक ,संस्कृतिक , पर्यटकीय क्षेत्रमा खानेपानी , विद्युत लाइन विस्तार गरिँदै

सुर्खेत , ८ भदौ ः कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक,संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी ,विद्युत सेवा विस्तार गर्न लागिँएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि कर्णालीका धार्मिक संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुर्याउन लागेको हो ।
झण्डै १ करोड भन्दा बढी बजेट यहाँको आधारभुत पूर्वाधारको काममा खर्च गर्न लागिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । खानेपानीको अभावमा पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाइ समस्य नहोस भन्ने उदेश्यले बजेट बिनियोज गरी काम गर्न लागिएको मन्त्री सिंहले बताउनुभयो । पर्यटनका हिसावले कर्णाली उत्कृष्ट गणतव्यका रुपमा लिइदै आइएको छ । शे फोक्सुण्डो , चन्दननाथ, पैँकको मष्ट , जाजरकोट बारेकोटको बाँचिलो , जगतीपुर , जाजरकोट दरबार , डोल्पाको त्रिपुरासुन्दरी , छायानाथ रारा , काँक्रेविहार , दैलेखको ज्वाला क्षेत्र , लगाएतका दर्जनौ पर्यटकी तथा धार्मिक क्षेत्रहरु कर्णालीमा रहेका छन् ।

१० जिल्लामा भारी मात्रामा धार्मिक तथा संस्कृतिक क्षेत्रहरु रहेकोले त्यसको विकासका लागि ध्यान दिएर पूर्वाधार निर्माणको काम तर्फ लागिएको सचिव देवराज निरौलाले बताउनुभयो । त्यस्तै विद्युत नहुँदा महत्वपूर्ण मठमन्दिर , गुम्वा , अद्योगिक क्षेत्रहरुमा काम गर्न मुस्किल भएको ठाउँमा विद्युतीकरण गर्न लागिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
कर्णाली पर्यटकीय क्षेत्र रुपमा उत्कृष्ट गणतव्य भएपनि आवश्यक पूर्वाधारका कामहरु नहुँदा यहाँ आउने आन्तरिक तथा बाह्य क्षेत्रमा पर्यटकले समस्य भोग्दै आएको गुनासो आएपछि सो समस्य समाधान गर्न पहल कदमी लिएको मन्त्री सिंहको भनाई छ । पर्यटकीय क्षेत्रमा आवश्यक विद्युत नहुँदा रात्रीकालिन तथा अन्य समयमा समेत आवश्यक गर्न समस्य भन्दै बिभिन्न गुनासो आउने गरेको थियो । कर्णाली भारी मात्रामा धार्मिक तथा संस्कृतिक क्षेत्र रहेको प्रदेश हो ।
यहाँ कडा भुगोलका साथै सबै ठाउँमा सडक सञ्जाल नपुग्दा समस्य हुँदै आएको छ । औद्योगिक क्षेत्र कम भएको कर्णालीमा संस्कृतिक , धार्मिक र पर्यटकीय क्षेत्रको संख्य ठुलो रहेको छ । कर्णालीका डोल्पा , हुम्ला र मुगुमा केन्द्रीय विद्युत प्रशारण लाइन पुग्न सकेको छैन । विद्युत पुगेका जिल्लाहरुमा समेत संस्कृतिक , धार्मिक र पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुग्न सकेको छैन । यि सबै समस्यलाइ हल गर्नका लागि मन्त्रालयले यो चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरी काम गर्न लागेको बताएको छ ।










