फोहोरलाइ उर्जामा परिवर्तन गर्न प्राविधि जडान गरिँदै

सुर्खेत, ७ भदौ ः फोहोरबाट विद्युत निकाल्ने लागि कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ ।
जनसंख्याको चापसँगै बढ्दो सहरीकरण दैनिक बढीरहेको भन्दै मन्त्रालयले माननीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत उत्पादन गर्नका लागि प्राविधि जडान गर्न लागेको बताएको छ ।

आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि फोहोरबाट उर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट काम सुरु भएको भन्दै अत्यन्तै उर्जा कम उत्पादन भएको कर्णालीमा छिटो भन्दा छिटो सबैलाइ उज्यालो पुर्याउनका लागि फोहोरबाट उर्जा निकाल्न लागिएको मन्त्री सिंहको भनाइ रहेको छ ।

रु २० लाख रुपैयाँ पहिलो चरणमा यो कार्यका लागि मन्त्रालयले बजेट खर्चिन लागेको छ । पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिनुभयो । अहिले सुर्खेतको बीरेन्द्रनगर , रुकुम पश्चिमको चौरजहारी , जुम्ला खलंगा , जाजरकोटको कुदु , दल्ली, कालीमटी , सल्यानका केही भागमा बसोबार बाक्लो रहेको छ ।

जनसंख्य बाग्लो रहेको ठाउँमा फोहोर समेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत उत्पादनको काम युद्ध स्तरमा हुन सके फोहोर व्यवस्थापनका साथै उर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिनुभयो ।

कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ । त्यस्तै पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्य समेत गर्न लागिएको छ । विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पुरा नभएकाले बिभिन्न बैकल्पिक रुपमा विद्युत उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तिव्रता दिइएको मन्त्रालयको भनाइ छ । वातावरण प्रदुषित हुनबाट जोगिनका लागि समेत सघाउन पुग्ने अपेक्षा लिइएको छ ।





error: Content is protected !!