यि हुन सम्पती विवरण नवुझाउने जनप्रतिनिधिहरु

सुर्खेत ः भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख भएपनि ४५ स्थानीय तहका जनप्रतिनिधिले सम्पती विवरण नवुझाएको पाइएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पटक पटक सूचना प्रशाशित गरी सम्पती विवरण बुझाउन ताकेता गरेपनि ४५ स्थानीय तहले सम्पती विवरण नबुझाएका हुन् । साउन ३१ गते सम्मा सम्पती विवरण बुझाइ सक्नुपर्ने भएपनि अहिले सम्मा नवुझाएको पाइएको छ । कर्णालीका ३४ वटा स्थानीय तहले मात्र सम्पती विवरण बुझाएका छन् ।
सम्पत्ति विवतरण नबुझाउनेमा डोल्पाको ठूलीभेरी नगरपालिका, डोल्पो बुद्ध गाउँपालिका, से–फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, काईके गाउँपालिका, छार्काताङसोङ गाउँपालिकाका जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाएका छैनन ।
हुम्लाको सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकाका रहेका छन् । सल्यानका बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, रुकुम पश्चिमका मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिका, दैलेखको आठबीस नगरपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका छन । यस्तै, जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, शिवालय गाउँपालिका, का जनप्रतिधिले बुझाएका छैनन ।
कार्यालयका अनुसार कालीकोटका खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, शुभकालिका गाउँपालिका, जुम्लाका चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिका, पातारासी गाउँपालिका, मुगुका छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोंग गाउँपालिका र खत्याड गाउँपालिकाका जनप्रतिनिधिहरूले सम्पत्ति विवरण बुझाउन बाँकी छ ।










