बाढी पहिरोले दर्जनौ घट्ट बगायो

जाजरकाेट , २५ साउन ः बाढी पहिरोले बारेकोट गाउँपालिका –४ जिरीमा खेती योग्य जमिन सहित २५ भन्दा बढी घट्ट बगाएको छ । गएराती आएको बाढीका कारण जिरी ,दह , ओक्टी लगाएका ठाउँमा रहेको खेतीयोग्थ्य जमिनमा क्षती बनाएको छ । स्थानीय विद्युतको विद्युत उत्पादन गृहमा समेत क्षती बनाएको वडा नम्वर ४ का अध्यक्ष विष्णु रावतले बताए ।

पानी घट्ट बाढीले बगाएसँगै यहाँका स्थानीयबासीले अन्न पिस्ने काम समेत रोकिएको छ । यो ठाउँमा पानीको सहायताले चल्ने घट्टहरु मात्र सञ्चालन हुने गर्दछन् । वडा नं ४ र ५ का स्थानीयबासीले प्रयोग गर्दै आएको घट्टहरु बाढीले बगाएपछि समस्य भएको अध्यक्ष रावतले बताए ।





error: Content is protected !!