पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी

सुर्खेत ः कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसुती सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था लिदा लिदै बाटोमै सुत्केरी हुने क्रम बढेको हो ।

६ घण्टा भन्दा बढी स्टेचर ,डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ बर्षीया मिना नेपालीलाइ स्वास्थ्य संस्था लिम्सामा ल्याउदै गर्दा बाटोमै सुत्केरी भएकी छिन् । करिव ६ घण्टा बाटोमा बोकेर ल्याउदा , ल्याउदै सुत्केरी व्यथाले च्यापेपछि विकले बाटोमै सुत्केरी हुनु परेको हो । बारेकोट गाउँपालिका सुरक्षित सुत्केरी गराएको भन्दै रिर्पोटमा १ नम्वर रहेको छ । महिना पिच्छे यस्ता खालका घटनाहरु भइरहेको बारेकोट गाउँपालिका २ का पत्रकार कालीबहादुर नेपाली बताउँछन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सुरक्षित सुत्केरी गराएको भन्दै जिल्लाकै नमुना भएको प्रमाणपत्र पाउदै गर्दा यो तस्वीरले गिज्याएको छ । उत्ता बारेकोट गाउँपालिकाले अध्यक्ष बीरबहादुर गिरीले छिटै बारेकोटको मुलसाममा सुरक्षित प्रसुती सेवा सञ्चालनमा ल्याउने बताए । अघि ने त्यहाँ सेवा प्रवाह हुनुपर्नेमा अहिले सम्मा विलम्व भएको बताए ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साताको एउटा बिहान सुत्केरी बेथाले च्यापेर आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट ल्याएर उपचार हुन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजादै गर्दा चौरजहारी–३ दमारनजिकैको सडकमा उनी सुत्केरी भएकी थिइन्  । आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्कका अनुसार बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेको थियो, त्यसपछि क्रमशः १० वटै घर त खुले तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएको खवर पाइएको छ । सामान्य अवस्थाभन्दा लामो समय बेथा लागेपछि प्रसूति गराउन नसकिएको उनको भनाइ छ ।

जाजरकोटको भेरी नगरपालिकास्थित मटेला पुगेपछि पार्वतीलाई गाडीबाट निकाली स्ट्रेचरमा राखेर झोलुंगे पुल तारेपछि त्यसपछि अर्को गाडी चढ्नुपर्ने थियो तर झोलुंगे पुल तर्नेबित्तिकै पार्वती सुत्केरी भएकी थिइन । उपल्लो डोल्पाका अधिकांश महिलाहरु घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । पालिकाको तथ्यांक हेर्दा सुरक्षित सुत्केरी हुने महिलाहरुको संख्या नै उल्लेख नभएको पाइएको छ । पहुँचमा हुने व्यक्तिले हेलिकोप्टरमा उद्धार गरी सुविधा सम्पन्न ठाउँमा सुत्केरी गराउने गर्दै आएका छन् । राष्ट्रपति महिला उत्थान कोष मार्फत केही गर्गवती महिलाहरुको उद्धार भएको पाइएको छ । पहुँचमा हुने महिलाहरुले मात्र यो सुविधा लिएको आरोप लाग्दै आएको छ ।

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग छ । बाँकी जनसंख्या घण्टौं लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरि ३ सय ५९ वटा बर्थिङ सेन्टरहरू छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन । निर्देशनालयका अनुसार सबैभन्दा कम बर्थिङ सेन्टर गृह डोल्पामा १४ वटा छन् ।





error: Content is protected !!