तल्लीघाटको पहिरो हटाउन अध्यक्ष गिरीको निर्देशन


जाजरकोट ः बिहीबार विहान आएको पहिरो कारण बारेकोट गाउँपालिका २ तल्लीघाटमा अवरुद्ध भएको सडक खुलाउनका लागि बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले तत्काल निर्देशन दिएका छन् ।

जुम्ला लगाएतका अन्य ठाउँमा जानका लागि प्रयोग हुदै आएको यो सडक राती देखि अवरुद्ध भएको थियो । वर्षायाममा सडक अवरुद्ध हुन नदिनका लागि सक्रिया रहेको गाउँपालिकाले राती देखि अवरुद्ध भएको सडक खुलाउनका लागि सक्रियता देखाएको हो ।

काठमाडौँमा रहेका अध्यक्ष गिरी तत्काल टेलिफोन गरी सडक खुलाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । करिव २०० मिटर बाटो अवरुद्ध भएको छ ।





error: Content is protected !!