मुल्साममा प्रसुती सेवा छिटै सुचारु हुन्छ ः अध्यक्ष गिरी

जाजरकोट ः बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले यो बर्ष भित्रै बारेकोट गाउँपालिका ३ मुल्साम स्थित गाउँमा सुरक्षित प्रसुती सेवा प्रवाह हुने बताएका छन् । यो आर्थिक बर्षमा सुरक्षित प्रसुती सेवा सुचारु गर्नका लागि पहल सुरु गरिसकेको बताउदै अध्यक्ष गिरीले अहिले सम्मा दुर्गम ठाउँमा काम नहुँनु दुखद भएको बताएका छन् ।

उनले भने, ‘मुल्सामका महिलाहरुको पीडाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यो आर्थिक बर्षमै त्यहाँका महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन मिल्ने वर्थिङ्ग सेन्टर बनाउँछौं ।’

गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत वर्थिङ्ग सेन्टर समेटिएको अध्यक्ष गिरीले बताए । अघिल्लो स्थानीय सरकारले मुल्सामवासीलाई उपेक्षा गरेको स्थानीयको आरोप छ । सडक सञ्जालले नछोएको मुल्साममा सुरक्षित सुत्केरी गराउन अहिले झन्डै पाँच घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । प्रदेश सरकारले सडक निर्माणका लागि बजेट समेत बिनियोजन गरेको छ ।





error: Content is protected !!